arrow

हरिवंश आचार्यले दिए प्रदीप पौडेललाई जितको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
pradip-poudel-haribamsha-acharya.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेटघाट भएको छ। काठमाडौं–५ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका पौडेल र कलाकार आचार्यबीच बुधबार बुढानीलकण्ठमा भेटघाट भएको हो । 

घरदैलो अभियानका क्रममा बुढानीलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ। मत माग्दै पुगेका पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए । 

‘बुढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’

ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए । ‘उहाँ (आचार्य) ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने । 
 
पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो शुरु गरेका हुन् । पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँग जम्काभेट भएको थियो ।



नयाँ