arrow

निर्वाचन २०७९

कांग्रेसले गठन गर्‍यो  सचिवालय र उपसमिति (नामावलीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
nc-party-office.png

काठमाडौं ।  नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन गरेको छ ।

कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा कात्तिक १ गते बसेको बैठकको निर्णयानुसार केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिमा संयोजक र सहसंयोजक मनोनयन गरेको हो ।

बैठकले भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमितिको संयोजकमा डा डिला सङ्ग्रौला र सहसंयोजकमा उमेशजङ्ग रायमाझी, प्रदेश परिचालन समन्वय उपसमिति प्रदेश १ को संयोजकमा मीन विश्वकर्मा र सहसंयोजकमा सरिता प्रसाईंलाई मनोनयन गरेको छ ।

यस्तै मधेस प्रदेशको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा मञ्जु खाँण, बागमती प्रदेशको संयोजकमा जीपछिरिङ लामा, गण्डकी प्रदेशको संयोजकमा ध्रुव वाग्ले र सहसंयोजकमा विष्णुप्रसाद लामिछाने, लुम्बिनी प्रदेशको संयोजकमा चन्द्रबहादुर केसी र सहसंयोजकमा प्रा डा गोविन्दराज पोखरेल, कर्णाली प्रदेशको संयोजकमा जानकी सिंह र सहसंयोजकमा कान्तिका सेँजुवाल र सुदूरपश्चिम प्रदेशको संयोजकमा ईश्वरी न्यौपाने र सहसंयोजकमा प्रकाश रसाइली स्नेहीलाई मनोनयन गरिएको छ ।

बैठकले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत र सहसंयोजकमा मेखलाल श्रेष्ठ, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमितिको संयोजकमा गोविन्द भट्टराई र सहसंयोजकमा डा अरुणकुमार सुवेदी, निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिको संयोजकमा आनन्दप्रसाद ढुङ्गाना र सहसंयोजकमा डा कृष्णप्रसाद पौडेललाई मनोनयन गरेको छ ।

यसैगरी, निर्वाचन आयोग समन्वय उपसमितिको संयोजकमा हरिशरण नेपाली र सहसंयोजकमा किरण गिरी, जिल्ला–काठमाडौँ सम्पर्क समिति समन्वय उपसमितिको संयोजकमा रमा कोइराला पौडेल र सहसंयोजकमा धना खतिवडा भएका छन् ।
    
निर्वाचनको केन्द्रीय परिचालन समितिको सचिवालय संयोजकत्वमा अम्बिका बस्नेत, सहसंयोजकमा दिव्यमणि राजभण्डारी, सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, गेजा शर्मा वाग्ले, कृष्ण केसी, प्रगतिमान रञ्जित, विजय मिश्र, सरोजकुमार थापा र सदस्य सचिवमा किरणप्रसाद गजुरेललाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


१. भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमिति
संयोजक : डा. डिला संग्रौला
सह संयोजक : उमेशजंग रायमाझी

२. प्रदेश परिचालन समन्वय उपसमिति
प्रदेश नं १ :
संयोजक : मीन विश्वकर्मा
सह–संयोजक : सरिता प्रसाईं

मधेस प्रदेश :
संयोजक : आनन्दप्रसाद ढुंगाना
सह–संयोजक : मञ्जु खाँण

बागमती प्रदेश :
संयोजक : जीपछिरिङ लामा

गण्डकी प्रदेश :
संयोजक : ध्रुव वाग्ले
सह–संयोजक : विष्णुप्रसाद लामिछाने

लुम्बिनी प्रदेश :
संयोजक : चन्द्रबहादुर के.सी.
सह–संयोजक : प्रा. डा. गोविन्दराज पोखरेल

कर्णाली प्रदेश :
संयोजक : जानकी सिंह
सह–संयोजक : कान्तिका सेँजुवाल

सुदूर पश्चिम प्रदेश :
संयोजक : ईश्वरी न्यौपाने
सह–संयोजक : प्रकाश रसाइली स्नेही
३. निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति
संयोजक : जीतजंग बस्नेत
सह संयोजक : मेखलाल श्रेष्ठ

४. विदेश स्थित नेपाली जनसम्पर्क समिति समन्वय तथा परिचालन उपसमिति
संयोजक : गोविन्द भट्टराई
सह संयोजक : डा. अरुणकुमार सुवेदी

५. निर्वाचन अनुगमन तथा अनुशासन उपसमिति
संयोजक : आनन्दप्रसाद ढुंगाना
सह संयोजक : डा. कृष्णप्रसाद पौडेल

६. निर्वाचन आयोग समन्वय उपसमिति
संयोजक : हरिशरण नेपाली
सह संयोजक : किरण गिरी

७. जिल्ला–काठमाण्डौ सम्पर्क समिति समन्वय उपसमिति
संयोजक : रमा कोइराला पौडेल
सह संयोजक : धना खतिवडा

८. केन्द्रीय परिचालन समितिको सचिवालय
संयोजक : अम्विका वस्नेत
सह संयोजक : दिव्यमणी राजभण्डारी
सदस्य : डा. सुरेश आचार्य
सदस्य : डा. प्रभु वुढाथोकी
सदस्य : कृष्ण के.सी.
सदस्य : गेजा शर्मा वाग्ले
सदस्य : प्रगतिमान रञ्जित
सदस्य : विजय मिश्र
सदस्य : सरोजकुमार थापा
सदस्य सचिव : किरणप्रसाद गजुरेल 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ