arrow

कोरोनाका ५३ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । 

आज ५१ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् । यो दर ९८.७ प्रतिशत रहेको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २७ जना पुगेको छ । 

सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ