arrow

बेलायतले अक्टोबर २८ सम्ममा नयाँ प्रधानमन्त्री पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
liz-truss-Kwarteng-pound.jpg

बेलायत । बेलायतको अर्को प्रधानमन्त्री अक्टोबर २८ सम्ममा छनोट हुने भएको छ । बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताको रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्ममा हुने बताइएको छ। 

"अक्टोबर २८ गते शुक्रवारसम्ममा मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ। त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ," अध्यक्ष ग्राहम ब्राडीले बताएका छन् । 

हाउस अफ कमन्समा बुधबार अबेर राति भएको एक महत्त्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस प्रधानमन्त्रीका रूपमा राजीनामा घोषणा गर्न बाध्य भएकी थिइन् । बिहीबार बिहानसम्म, एक दर्जनभन्दा बढी कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा ट्रसलाई राजीनामा दिन आग्रह गरेका थिए । 

उनको कर कटौतीको योजनाले पहिले नै गम्भीर लागत र जीवनयापन सङ्कटको समयमा बजारमा मन्दी निम्त्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ