arrow

लोभले लाभ, लाभले विलापमा उपेन्द्र यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
upendra-yadav-president-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ। चीनसँग गहिरो सम्बन्ध भएका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लोभले लाभ र लाभले विलाप हुने स्थितिमा पुगेका छन्। विगत डेढ वर्षदेखि नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव अहिले आफैँले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भएका छन्।

चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका भए पनि आगामी निर्वाचनमा भने आफू र पुरै पार्टी पराजय व्यहोर्ने स्थितिमा पुगेका छन्। उनका लागि नेकपा एमाले परित्याग गरेका प्रभु शाह, मधेसको राजनीति गरिरहेका सिके राउत र केही समयअघि पार्टी विभाजन भई बनेको लोसपा उनका लागि चुनौती बनेका छन्। 

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भन्ने उखान उपेन्द्र यादवका लागि सत्य साबित भएको छ। उनले एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेको भए पनि आफैँ हार्ने अवस्थामा पुगेका छन्। यद्यपि उनले भने आत्म सन्तुष्टिका लागि आफूलाई कन्भिन्स भने गर्न छोडेका छैनन्। 

द्वैध चरित्र भएका यादवले आफूलाई काँग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको बताएका छन्। यद्यपि उनले आफू अर्को चक्रव्यूमा परेको भन्ने चाल भने पाइसकेका छन्। 

सप्तरीका चुनावी प्रचारप्रसारका क्रममा यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेकोसमेत बताए। जसपाले प्रतिनिधि सभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा उम्मेदवारी दिएको छ। साथै १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ