arrow

सत्ता गठबन्धनको चुनावी अभियान शुरु, आज पोखरा र बुटवलमा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
gathabandan-election-campagin-2079.jpg

काठमाडौँ। सत्ता गठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसाे २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन्।

पोखराको भेलालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पोखरा पुगेका छन्।  

सत्ता गठबन्धनले शुक्रवारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेको हो। गठबन्धनको संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीको चुनावी अभियानमा सरिक हुने भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ