arrow

केपी ओलीले न्यायालयमाथि हस्तक्षेप गर्दा ईश्वर पोखरेल टुलुटुलु हेरेर बस्नुभयो - प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
312340670_1164177541124239_1581978150371618427_n.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत पर्ने बुढनिलकण्ठ नगरपालिका वडा नं ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै ओली सरकारका पालामा सबैभन्दा बढी न्यायालय माथि हस्तक्षेप भएको बताउँदै त्यसो हुँदा पनि सरकारमा सामेल भएकाहरुले त्यसको प्रतिरोध गर्न नसकेको टिप्पणी गरे ।

काठमाडौंको क्षेत्र नं ५ बाट नेता पौडेलसँग प्रतिष्पर्धामा रहेका एमालेका ईश्वर पोखरेल सरकारमै सामेल भए पनि न्यायालयमाथि हस्तक्षेप हुँदा त्यसो प्रतिरोध गर्न नसकेको आरोप लगाए ।

‘न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो । उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गर्नुभयो । उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नु भयो ।’ उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरु गर्नेछौँ ।’

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता पौडेलले भ्रष्ट्राचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिए । कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुको निगरानी अख्तियारले गर्न नपाएको बताउँदै उनले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम ? कसरी भ्रष्ट्राचार रोकिन्छ ।’

त्यसैगरी स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने बताए ।

‘स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे भनेमा मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्दछन् ।’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाँबाट मुक्त हुनु पर्दछ ।’

त्यस्तै आफूहरुले न्यायालयको सुधार, अख्तियारको निष्पक्षता, भ्रष्ट्राचार नियन्त्रण र ब्रेनड्रेनको समस्या नियन्त्रणका लागि मुख्य काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ