arrow

खर्चको विवरण नबुझाएका उम्मेदवारले बिदामा पनि जरिवाना तिर्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
election-commission-election-2079.jpg

काठमाडौं ।  स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा रहेकाले सार्वजनिक बिदाका दिनमा जरिवाना सक्ने भएका छन् ।

निर्वाचन आयोगले गत भदौ ३१ गतेको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारको नाम आगामी मङ्सिर ४ गते हुने निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्द सूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवार आफूलाई तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयकीमा (२०७९ कात्तिक ५ गते) कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरिने तय गरेको थियो ।

कात्तिक ५ गते शनिवार सार्वजनिक बिदाको दिनसमेतमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको  र जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाइने आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ