arrow

उत्तर कोरियाले परमाणु परीक्षण गरेको शंका, भूकम्प नै गयो

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
north-korea.jpeg
काठमाडौं । उत्तर कोरियाले पाँचौं पटक परमाणु परीक्षण गरेको शंका गरिएको छ । अमेरिकी भौगर्भिक संस्थाले कृत्रिम ५.३ म्याग्नेच्युडको भूकम्पको धक्का नै मापन गरेपछि पक्कै पनि उत्तर कोरियाले परमाणु परीक्षण गरेको हो भन्ने ठोकुवा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 
 
दक्षिण कोरियाले पनि उत्तर कोरियाले परमाणु बम परीक्षण गरेको बताएको छ । उत्तर कोरियाली भूभागमा भएको भूकम्पको कम्पनबारे थप अनुसन्धान भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।
 
जमिनको माथिल्लो सतहमा कम्पनको केन्द्र रहेको भन्दै अमेरिकी तथा दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा हाइड्रोजन बम परीक्षण गरिएको हुन सक्ने शंका गरेका छन् । 
 
तर केही विज्ञहरुले हाइड्रोजन बमका लागि भूकम्पको सो धक्का पर्याप्त नभएको तर्क गरिरहँदा अलि थोरै क्षमताको परमाणु परीक्षण पो हो कि भन्ने शंका भएको छ ।
 
यसबारे उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ