arrow

इटालीकी पहिलो महिला प्रधानमन्त्री जर्जिया मेलोनीले सम्हालिन् कार्यभार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
giorgia-meloni-italy.jpg

काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार (अक्टोबर २३) मा प्रधानमन्त्रीको कार्यालयमा भएको एक हस्तान्तरण समारोहमा आफ्नो नयाँ सरकारको औपचारिक शुभारम्भ गरेकी छिन्। 

दोस्रो विश्वयुद्धपछि पहिलो पटक बनेको इटालीको सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गर्ने मेलोनीले इटालीको ऋणमा डुबेको अर्थतन्त्र मन्दीतर्फ गइरहेको बेला जिम्मेवारी सम्हालेकी हुन् ।

रोमको प्रधानमन्त्रीको आसन चिगी प्यालेसमा हस्तान्तरण समारोहको लागि मेलोनी निवर्तमान प्रधानमन्त्री मारियो द्राघीसँग उपस्थित भएकी थिइन् ।

करिब ९० मिनेटको प्राईभेट वार्तापछि युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुखसमेत रहेका द्राघीले क्याबिनेटको बहसमा प्रयोग हुने एउटा सानो घण्टीलाई प्रतीकात्मक रूपमा मेलोनीलाई हस्तान्तरण गर्दा जोडी मुस्कुराएको थियो ।

इटालीको नेस्नालिस्ट ब्रदर्स पार्टीकी प्रमुख मेलोनीले गत महिना पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको नेतृत्वमा फोर्जा इटालिया र माटेओ साल्भिनीको आप्रवासी विरोधी लीग समावेश गरेको गठबन्धनको भागको रूपमा भएको चुनावमा विजय हासिल गरेकी हुन् ।

मेलोनीको सरकारले केन्द्रीय बैंकका पूर्व प्रमुख मारियो द्राघीको नेतृत्वमा रहेको नेशनल युनिटी प्रशासनलाई प्रतिस्थापन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ