गठबन्धन सत्ता स्वार्थमा नभएको बाबुराम भट्टराईको स्पष्टोक्ति
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
2.4k
Shares
काठमाडौं । नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै सचेत गराएका छन् । बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स्वार्थका लागि गठबन्धन नबनेको दाबी गरे ।
सत्ताका लागि दलहरु गठबन्धन गरेर आगामी निर्वाचनमा जान लागेको बताइएका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गठबन्धन सत्ता स्वार्थमा नरहेको दाबी गरेका हुन् ।
बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने भए पनि देशलाई जोगाउन गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।