arrow

उत्तर कोरियाले आणविक बम प्रक्षेपण गरे खतरनाक जवाफ दिने तीन राष्ट्रको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
kim-jong-un-bbc.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाले बुधवार यदि उत्तर कोरियाले सातौं आणविक बम परीक्षण गरेमा 'अतुलनीय' प्रतिक्रियासहित जवाफ दिने चेतावनी दिएका छन् ।

वासिङ्टन र उसका सहयोगीहरूले सन् २०१७ यता पहिलो पटक उत्तर कोरियाले परमाणु बम परीक्षण पुनः सुरु गर्न सक्ने विश्वास गरेका छन् ।

'उत्तर कोरियाले सातौं आणविक परीक्षण अघि बढाएमा अतुलनीय प्रतिक्रियाको आवश्यकता पर्ने कुरामा हामी सहमत छौं,' दक्षिण कोरियाका प्रथम उप विदेशमन्त्री चो ह्युन दोङले टोकियोमा पत्रकार सम्मेलनमा बोल्दै भनेका छन् ।

चो आफ्ना जापानी र अमेरिकी समकक्षहरू उप विदेश मन्त्री ताकेओ मोरी र उपविदेशमन्त्री वेन्डी शर्मनसँगै सम्मेलनमा बोलिरहेका थिए ।

'हामी (उत्तर कोरिया)लाई थप उत्तेजनाबाट टाढा रहन आग्रह गर्दछौं,' शेरम्यानले भनेका छन् ।

उत्तर कोरियाले यस वर्ष अभूतपूर्व गतिमा हतियार परीक्षणहरू गरिरहेको छ । उसले अहिलेसम्म दुई दर्जनभन्दा बढी ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ । तीमध्येको एक जापानमाथि उडेको थियो।

दक्षिण कोरियाको सैन्य गतिविधिबाट आक्रोशित प्योङयाङले गत हप्ता आफ्नो तटबाट सयौं तोपखाना गोला प्रहार गरेको थियो । सो गतिविधिलाई उत्तरले दक्षिणमा आफ्नो छिमेकीलाई गम्भीर चेतावनी भनेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ