arrow

जेलेन्स्कीलाई सुनकले सघाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १० बिहिबार
rishi-sunak-pm-uk.jpg

लन्डन ।  बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन् । 

“युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले  युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरेका छन् । 
    
कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

 “रूसी आक्रमणविरुद्ध उभिने तपाईंको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रताप्रेमी व्यक्तिमा आशा जगाएकोे तथा निरङ्कुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,” युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलायतका प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै किएभ पोष्टमा आज प्रकाशित समाचारमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ