arrow

राजदरबार छाडेका ह्यारीको संस्मरण आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
harry-megna2.JPG

न्युयोर्क । राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण 'स्पेयर'आगामी पुस २६ गते बजारमा आउने भएको छ । 

पेन्गुइन र्‍यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन् । प्रकाशनगृह पेन्गुइन र्‍यान्डम हाउसले आज एक वक्तव्य जारी गरेर पुस्तक प्रकाशनको जानकारी दिएको हो । 

सन् १९९७ मा आफ्नी आमा डायनको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ । 

उक्त प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का रूपमा परिचय गराएको छ । 

चार सय १६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगितलगायत १६ भाषामा छापिने छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलायतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ । 

लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी-एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन् ।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेका ससेक्सका ड्यूकले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर अमेरिका सरेका सरेका थिए । 

बेलायतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ