- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
मिति २०७९ कात्तिक ११ गते शुक्रबार, इस्वीसंवत अक्टोवर २८ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार कात्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको तृत्तीया तिथि रहनेछ । नक्षत्रमा अनुराधा, विष्कुम्भादि योगमा सौभाग्य, करणमा गर, आनन्दादि योगमा राक्षश रहनेछ ।
सूर्य तुला राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । दिनमान २७ घटि ५३ पला अर्थात ११ घण्टा १४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६:१२ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५:२१ बजे हुनेछ ।
आजको राशिफल
मेष : आज पनि समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ । खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केही सुधारित रहनेछ । आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नम: शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।
वृष : आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ । साथी भाइ इष्टमित्र सबैको मन जित्न सकिनेछ, तपाइँको अनुयायीहरु बढ्नेछन भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ । आर्थिक कारोबार सन्तोष जनक रहनेछ, आजका लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै कामको थालनी गर्नु अघि देवी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।
मिथुन : आज समय राम्रो रहनेछ । रोकिएका ब्यबसायिक कारोबारमा सुधार आउनेछ । प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ, नयाँ सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ । आज पश्चिमतर्फको यात्रा नगर्नुहोला । आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने कुनै काम शुरुवात गर्नु पूर्व ॐ सरस्वत्यै नम: मन्त्र जपेर अगाडि बढे उत्तम हुनेछ ।
कर्कट : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् । परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकि कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ ।
सिंह : आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन्, धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ । हतियार बात लाग्न सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६, शुभ रंग सप्तरंगी हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अगाडि बढे उत्तम हुनेछ ।
कन्या : आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुका लागि फलदायी समय रहनेछ । खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकरावको स्थिति आउन सक्छ । धनमाल हराउन सक्छ चनाखो रहनु होला । आजका लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे र यात्रा गर्नु पूर्व बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।
तुला : आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिनासित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ । मध्यान्हपछिको समय भने केहि सुधारित रहनेछ । आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पूर्र्व ॐ नम: शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।
वृश्चिक : आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।
धनु : आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।
मकर : आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होशियार रहनुहोला ।
कुम्भ : आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।
मीन : आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाव घट्दो क्रममा रहनेछ । अत्यावश्यक यात्रा गर्नुपरेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ । आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने कुनै काम शुरुआत गर्नु पूर्र्व ॐ मृत्युन्जयाय नम: यो मन्त्र २३ पटक जप गरेर अघि बढे शुभफल हात लाग्नेछ ।
साइत : आज सूर्य तुला, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।
आजको शुभ लाभादि बेला
बिहान ०६:१० बजेदेखि ०७:३४ बजेसम्म चर बेला
बिहान ०७:३४ बजेदेखि ०८:५८ बजेसम्म लाभ बेला
बिहान ०८:५८ बजेदेखि १०:२३ बजेसम्म अमृत बेला
बिहान १०:२३ बजेदेखि ११:४७ बजेसम्म काल बेला
दिनमा ११:४७ बजेदेखि १:११ बजेसम्म शुभ बेला
दिनमा १:११ बजेदेखि २:३६ बजेसम्म रोग बेला
दिनमा २:३६ बजेदेखि ४:०० बजेसम्म उद्वेग बेला
साँझ ४:०० बजेदेखि ५:२५ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०:३० देखि १२:०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।