arrow

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
fire-final_1618024271.jpeg

फुङ्लिङ ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । 

भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । 

आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए ।

क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ