arrow

रोनाल्डोको ७०१ क्लब गोल, जित्यो म्यानयु, यस्तो छ युरोपा लिगको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
ronaldo-manutd-2022-10-28.jpg

काठमाडौं । युरोपा लिग फुटबलमा इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानयुले शेरिफ तिरास्पोललाई ३–० ले हराएको हो ।

घरेलु मैदानमा म्यानयुलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा डालोटले,  ६५ औं मिनेटमा राष्फोर्डले र ८१ औं मिनेटमा रोनाल्डोले गोल गरे । म्यानयुको टोलीमा पुनरागमन गरेका रोनाल्डोको यो करियरको ७०१ औं क्लब गोल हो । 

३७ वर्षे रोनाल्डोले अहिलेसम्म करियरमा ८१८ गोल गरिसकेका छन् । यसअघि टोटनह्याम हट्सपरविरुद्ध गत हप्ता सब्सिट्युटमा रहेका कारण मैदानमा उत्रन नमानेका रोनाल्डोले यो सिजनको पहिलो गोल गरेका हुन् । 

यस जितसँगै समूह ‘ई’ मा रहेको म्यानयु ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । शेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ । 

बिहीबार रातिकै खेलमा रियाल सोसिडाडले ओमोनिया निकोसियालाई २–० ले हरायो । सोसिडा १५ अंकसहित शीर्ष स्थानमा छ । अंकविहीन निकोसिया पुछारमा छ । 

यो समूहबाट सोसिडाड र म्यानयु नकआउट चरणमा प्रवेश गरिसकेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ