arrow

चितवनमा डेंगी संक्रमित दुई हजार नाघे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ११ शुक्रबार
dangue.jpg

भरतपुर ।  चितवनमा डेंगी संक्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगी परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ संक्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगी संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगी संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । 

यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगी देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । अझै केही समय डेंगी संक्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ