arrow

पिछडिएको सुस्तामा पुगेका विनोद चौधरीलाई देखेर स्थानीय खुशी, विकास हुनेमा आशावादी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १२ शनिबार
binod-chaudhary-2079-07-12.jpg

नवलपरासी । नेपाली कांंग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरी यतिबेला पार्टीले विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका छ्न् ।

स्थानीयको समस्या र विकास निर्माणको चुनौतीका बारेमा उनी छलफलमा ब्यस्त रहेका छन् । शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा चौधरीले यहाँका किसान, मजदूर र स्थानीयबासीको समस्या र गुनासो सुन्न प्रत्यक्ष रुपमा स्थानीयको घरदैलोमा आएको उनले बताए ।

यहाँको डुबान, भारतीय सुरक्षा बलबाट हुने सास्तीका बारेमा पहल गरिदिन स्थानीयले चौधरी समक्ष आग्रह गरेका छन् । राज्यबाट वर्षौंसम्म पनि उपेक्षाको महसुस गरेका यस क्षेत्रका जनताले चौधरीको उपस्तिथिलाई अर्थपूर्ण रुपमा लिएको बताइएको छ।

‘हामीलाई एउटा विकासको खाका कोर्न सक्ने सफल व्यवसायीलाई पाएका छौंं । अबको विकास उहाँकै हातमा छ । वर्षौंसम्म अरु नेतालाई हेरियो अब यसपटक उहाँलाई हेर्छौं । पक्कै पनि यहाँको विकास हुन्छ भन्नेमा आशावादी छाैं’, सुस्ता ५ पक्लिहवाका राजकुमार पासीले भने । 

‘चौधरी सफल व्यवसायी भएकाले राजनीतिमासमेत सफल हुनुपर्छ  । त्यसैले यस क्षेत्रको विकास नगरी उहाँलाई सुखै छैन । क्षमताको प्रयोग गर्न पनि यो पटक जिताउनै पर्ने छ’, सुस्ताकै रिङकु कुमार गुप्ताले भने । 

यस क्षेत्रको समस्याका बारेमा चौधरीले विभिन्न निकायसँग छलफल गरिरहेको कांग्रेस जिल्ला सदस्य एवम् प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

कार्यक्रममा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य क्रम हुसेन पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ