arrow

मतपत्र छपाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
election-2079-final1.jpg

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सकेको छ । 

प्रतिनिधि सभातर्फका लागि १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फका लागि १ करोड १७ लाख ८२ हजार ५०० गरी जम्मा २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सकेको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सकिएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ ।

आयोगले कात्तिक ११ गते नै सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ का जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानीको काम सुरु गरिसकेको थियो । कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा मतपत्र ढुवानी गर्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ