arrow

चाडपर्व सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
election 2079.jpg

कालीकोट । कालीकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ-गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् । 

जिल्लामा सत्ता गठबन्धन दल, नेकपा (एमाले), विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । चाडबाडका कारणले चुनावी प्रचारको काम गर्न नपाएकामा उम्मेदवार अहिले चाडबाड सकिएका कारणले तीव्ररूपमा चुनावी प्रचार र नागरिक भेटघाट कार्यक्रममा उम्मेदवार गाउँ पसेका हुन् । 

चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग अन्तक्र्रिया गठबन्धनको बैठकलगायतका काम भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनीधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए । “हामी गठबन्धनका साझा एजेण्डा लिएर चुनावी मैदान होमिएका छौँ”, उनले भने, “अहिले हामीले गठबन्धन संयुक्त चुनाव प्रचार-प्रसार समिति तथा अन्य काम सकेर नागरिकबीचमा पुगेको छौँ ।”

नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलसँग तालमेल गरेर चुनावी अभियान जुटेको न कांग्रेस प्रदेशसभा (ख) का उम्मेदवार हिक्मतबहादुर विष्टले जानकारी दिए । “मैले मेरो निर्वाचन पालिका रहेको नरहरिनाथ गठबन्धनको कार्यक्रम सकेर सान्नी त्रिवेणी गाउँपालिका गठबन्धन दलको बैठक सकेर रास्कोटमा लागेको छु”, उनले भने, “चाडबाड सकियो । कांग्रेसले अहिले सम्पूर्ण शक्ति चुनाव प्रचार-प्रसारमा लगाएको छ ।”

नेकपा (एमाले) प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रबहादुर शाहीले पार्टीको एजेण्डा लिएर गाउँगाउँमा मतमाग्ने काम भइरहेको बताए । “अहिले म नागरिकका बीचमा रहेको छु । पार्टी र मेरो भावी चुनावी घोषणापत्र लिएर प्रचार-प्रसार गरिरहेको छु”, उनले भने, “नागरिकका गुनासा पनि सुन्ने काम र उनहरूका समस्याका विषयमा सुझाव लिने काम भइरहेको छ ।”

जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर, एमालेका नगेन्द्र र स्वतन्त्ररूपमा उम्मेदवारी दिएका काशीचन्द्र बराल प्रतिस्पर्धामा रहेका छन्।

प्रदेशसभा सदस्यमा १ मा गठबन्धनका तर्फबाट माओवादीका दुर्गबहादुर रावत, एमालेका कुर्मराज शाही, राप्रपाका सूर्यबहादुर शाही र नेमकिपाका रवीन्द्र शाही चुनावी मैदानमा रहनुभएको छ भने प्रदेशसभा २ मा गठबन्धनको तर्फबाट कांग्रेसका हिक्मतबहादुर विष्ट, एमालेका वीरेन्द्रबहादुर बोगटी, नेमकिपाका जनकबहादुर विष्ट, कांग्रेस विपीका कर्णबहादुर विष्ट, एकीकृत समाजवादीका विश्वराज बम र स्वतन्त्र उम्मेदवारका रूपमा लक्ष्मणबहादुर बम चुनावी मैदानमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ