arrow

चुनावमा बालबालिकाको प्रयोग गर्ने एमालेका सूर्य थापालाई काट्यो आयोगले पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
surya-thapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले एमाले उम्मेदवार सूर्यबहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थापाले प्रचार प्रसारका लागि बालबालिकाको प्रयोग गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

बालबालिका प्रयोग गरिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको जनाइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा ९१० को खण्ड ९ट० मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ । 

थापा क्षेत्रीले आफ्नो निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको ठहर आयोगले गरेको जनाइएको छ ।

आयोगले भनेको छ, ‘तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहोला ।’

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ