arrow

एमाले पर्सामा भुईँचालो, जसपा संग गठबन्धन गरेको भन्दै ५४२ जनाले गरे पार्टी परित्याग (सूचि सहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
uml-flags.jpg

वीरगन्ज। पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्। नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन् ।

उनीहरूले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामूहिक पार्टी परित्याग गरेको बताएका छन्।

जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरूले पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउँदै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ