एमाले पर्सामा भुईँचालो, जसपा संग गठबन्धन गरेको भन्दै ५४२ जनाले गरे पार्टी परित्याग (सूचि सहित)
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
1.5k
Shares
वीरगन्ज। पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्। नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन् ।
उनीहरूले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामूहिक पार्टी परित्याग गरेको बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरूले पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउँदै आएका थिए।