arrow

महेशलाई दुर्लभको चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
durlav-thapa-mahesh-basnet-bhaktapur-2.jpg

काठमाडौ । भक्तपुरमा चुनावी माहोल तात्तिएको छ । खासगरी भक्तपुर २ मा  नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा र नेकपा एमालेका उम्मेदवार महेश बस्नेतबीचको प्रतिष्पर्धा रोचक बनेको छ । गत स्थानीय तहमा पार्टीहरुले ल्याएको मतलाई आधार मान्ने हो भने बस्नेत भन्दा थापा अगाडि छन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रमा बस्नेत विजयी भएका थिए । त्यतिबेला बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका थिए । त्यो बेला  एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । 

तर अहिले त्यो अवस्था छैन । परिस्थिति धेरै फेरिएको छ । अहिले माओवादी केन्द्र र नेकपा (एस) को साथ नेपाली कांग्रेसलाई छ । यस क्षेत्रमा नेकपा (एस) को पनि राम्रो पकड छ ।  

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले ल्याएको मतको परिणाको आधारमा भक्तपुर २ मा गठबन्धनको भोट अगाडि छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २५ हजार ७ सय ६४, नेकपा ( एमाले) ले २४ हजार २सय ८६, नेपाल मजदुर किसान पार्टीले ४ हजार ९ सय २५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार १ सय ७२, नेकपा (एस) ले १ हजार २ सय २ तथा नेकपा (माओवादी केन्द्र) ले १ हजार ४५ भोट ल्याएको थियो ।  

भक्तपुर २ मा २५ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट दिलबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन केसी, नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा मगर, मौलिक जरोकिलो पार्टीबाट लिलाबहादुर बानिँया, हाम्रो नेपाल पार्टीबाट लोकेन्द्र पोखरेल, नेपालका लागि नेपाल पार्टीबाट राजेश बाडे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु नापित, नेपाल विवेकशील पार्टीबाट शशीविक्रम शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजु श्रेष्ठ, नेसनललिस्ट पिपुल्स पार्टीबाट शिवलाल रोकाया, अमुल परिवर्तन मसिहा पार्टीबाट शन्तबहादुर लकाज, नेपाल आमा पार्टी (एकल चुनाव चिह्न)बाट इन्द्रनारायण न्हुछें श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट साजन विकले उम्मेदवारी दिएका छन् । 

यसैगरी मिनाकुमारी बाला, कल्पदीप राई, सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमिला थापा, दिनेश प्रजापति, चम्पा बोगटी, उमेश श्रेष्ठ तथा आनन्द कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुर्लभ थापा मन्त्री हुने सम्भावना भएको भन्दै थापालाई जिताउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । अहिले झगडा गर्ने बेला नभएको उनको भनाइ छ । ‘अहिले दुर्लभ थापालाई जिताउनु होस् । दुर्लभ भोलि मन्त्री हुने सम्भावना भएको मान्छे हो’ उनले भने । 

प्राप्त राजनीतिक उपलब्धिलाई रक्षा गर्न देउवाले आग्रह गरे । भक्तपुर सानोठिमीस्थित शंखधर चोकमा गरिएको कार्यकर्ता भेलामा बोल्दै देउवाले कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका थिए । शंखधर स्वाख्वाको माल्यार्पण पछि देउवाले भक्तपुर कांग्रेसका स्थानीय नेताहरुसँग भेट गरेका थिए ।  

भक्तपुर १ को अवस्था
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवालले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुनिल गोठेले उम्मेदवारी दिएका छन् । 

यसैगरी यस क्षेत्रमा नेकपा (एमाले) बाट नवराज गेलाल, जनता समाजवादी पार्टीबाट हिरालाल खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरत खड्काले उम्मेदवारी दिएका छन् । गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले ल्याएको मतको परिणाम र २०७४मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामलाई आधार मान्ने हो भने भक्तपुर १ मा नेमकिपा अगाडि छ । 

तर यसपटक गठबन्धनले सबैभन्दा बढी भोट ल्याउने माओवादी केन्द्रका उम्मेदवार गोठेले दाबी गरे । गोठेलाई नेपाली कांग्रेस र नेकपा (एस) पनि समर्थन छ । 
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा नेमकिपाका सुवाल विजयी भएका थिए । यसपटक सुवालले दोहोर्याएर उम्मेदवारी दिएका छन् । २०४८ साल देखि यस क्षेत्रमा नेमकिपा विजयी हुँदै आएको छ । भक्तपुर २ मा भने नेमकिपाको प्रभाव छैन । 



नयाँ