arrow

बलात्कार आरोपी सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस शुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।

प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ