arrow

ईश्वर पोखरेलले आचारसंहिता विपरीत बाजा बाँडे [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
ishwor-pokharel-baja-election.jpg

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । उनले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने काम गरेका छन् । 

पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन् । जसको खुलासा भजन खलः मा आवद्धहरुले नै गरेका छन् । 

‘टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका हाम्रो मूर्त अमुर्त सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ५ वटा दाफा भजन खलः र १ वटा भजन खलः लाई पोखरेलले सबै खलः लाई आवश्यक सांस्कृतिक बाजा गाजा हस्तान्तरण गरेको र चतुरमास भजन कृतन अवलोकन गर्न आएका केही तस्बिरहरु सार्वजनिक भएका छन् । सत्यनारायण डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी आभारी छौं।’ 

निर्वाचन आयोगका अनुसार आचारसंहिता लागू भइसकेपछि दल र उम्मेदवारले मतदाता प्रभावित हुने क्रियाकलाप गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको जनाउँदै आएको छ । 

आयोगका एक अधिकृतले ईश्वर पोखरेलविरुद्ध उजुरी परे आवश्यक कारवाही गरिने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ