arrow

डेंगीबाट एकै दिन दुई जनाको मृत्यु, सरकारको तथ्यांकमा संक्रमित ४७ हजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
dengue-1.jpg

काठमाडौं । नेपालमा डेंगी संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगी संक्रमितको ज्यान गएको हो ।

यस सँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगीका कारण ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या पनि बढ्दै गएको छ । 

डेंगीबाट ४६ हजार ७६८ जना संक्रमित भएको मन्त्रालयको तथ्यांक छ । वास्तविक तथ्यांक भने यो भन्दा कयौं गुणा बढी रहेको दाबी गरिएको छ । 

किनकि निजी अस्पताल, ल्याबबाट प्रमाणित भएका संक्रमितको पहुँचमा सरकार पुग्न सकेकै छैन ।  



नयाँ