arrow

चीनको व्यवस्थापकीय कमजोरीका कारण कोभिडको प्रकोपले तिब्बतीहरूको जीवन खतरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
tibet-covid-vaccine.jpg
फाइल तस्बिर

धर्मशाला। तिब्बतमा बढ्दो कोभिड मामिलाहरूका कारण चीनले आफ्नो शून्य-कोभिड नीति लागू गर्न अपनाएको कठोर कदमले तिब्बतीहरूको जीवनलाई खतरामा पारेको छ।

'शून्य-कोभिड नीतिले राम्रो भन्दा बढी हानि गरिरहेको छ। तिब्बतमा महामारीको प्रकोपको गलत व्यवस्थापनले बेइजिङको असफल कोभिड-नीति कार्यान्वयनलाई मात्र उजागर गर्छ,' केन्द्रीय तिब्बत प्रशासनको प्रेस विज्ञप्तिमा भनिएको छ। 

प्रकोप रोक्नको लागि आफूलाई एक रोल मोडेलको रूपमा प्रस्तुत गर्ने प्रयासमा चीनले चिकित्सा सहायता र कोभिड हेरचाहको आवश्यकता परेका तिब्बतीहरूको सुरक्षालाई पूर्ण रूपमा बेवास्ता गरिरहेको छ।

तिब्बतीहरूले भीड भाड भएको क्वारेन्टाइन, खाद्यान्न अभाव, चिकित्सा आपूर्तिको अभाव र अस्वच्छ जीवन अवस्थाको बारेमा गुनासो गरेको विज्ञप्तिमा भनिएको छ। 

केही तिब्बतीहरूले अवस्था कैदी भन्दा पनि खराब रहेको बताएका छन्। तिब्बतीलाई कोभिड लकडाउनअन्तर्गत डरलाग्दो जीवन अवस्थाको विरोध गरेको भन्दै कुटपिटसमेत गरिएको छ। 

कोभिड क्षेत्रका तिब्बतीहरूलाई जबरजस्ती तानिएर आइसोलेसन सेन्टरमा राखिएको छ र तिनीहरूका परिवारहरूले तिनीहरूको फिर्ताको अनिश्चितता र सम्पर्क र अवस्थाबारे पनि जानकारी गराइएको छैन। 

महामारीले गर्दा सारा विश्वले पीडा भोगेको थियो तर तिब्बतको अवस्था पहिलेदेखि नै दुःखदायी अवस्थामा रहेकोले यो बिग्रन सकेन। तिब्बतका तिब्बतीहरू अर्को असहाय अवस्थामा फसेका छन्, जहाँ सरकारले आफ्नो नीतिलाई सक्षम राष्ट्र जस्तो देखाउनमा मात्र केन्द्रित छ।

चीनले सार्वजनिक रूपमा यस वर्षको अगस्ट ८ मा तिब्बतमा पहिलो कोभिड प्रकोपको रिपोर्ट गरेको थियो। जसमा ल्हासा र नागरीमा २२ जना कोभिड-पोजेटिभ भएका थिए। २०२० को सुरुवातदेखि तिब्बत स्वायत्त क्षेत्रमा शून्य-कोभिड नीतिको बारम्बार सार्वजनिक घोषणाहरू पछि तिब्बतमा कोभिडको यो पहिलो आधिकारिक प्रवेश हो।

पछिल्ला हप्तामा तिब्बतमा करिब ३ हजार ६२७ व्यक्तिहरूको रिपोर्टमा कोरोना पोजेटिभ आएको छ।  जुन द्रुत वृद्धि भइरहेको सङ्केत गर्दछ। नागचु, चाम्दो, ल्होका र न्यङ्त्री नजिकैका क्षेत्रहरूबाट पोजेटिभ केसहरू रिपोर्ट आएपछि ल्हासा, सिगात्से र न्गारीमा कडा सरकारद्वारा लगाइएको तालाबन्दी थप विस्तार गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ