arrow

रुपन्देही–३ मा बालकृष्ण खाँणलाई जनमुक्ति पार्टीको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
balkrishna-khand-2079-07-12.jpg
फाइल तस्बिर

भैरहवा। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ।

भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा काँग्रेस (गठबन्धन) का उम्मेदवारलाई समर्थन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ।

गठबन्धनको तर्फबाट रुपन्देही–३ मा काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार हुन्। रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधि सभा र प्रदेशसभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ