arrow

एमालेबाट स्वतन्त्र भएका प्रभुले भने- मलाई त दुवै गठबन्धनले बोलाइरहेका छन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
prabhu-shah.jpg.jpeg

काठमाडौं । एमालेबाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहले आफ्नो उम्मेदवारी देशको राजनीतिक समस्या समाधानका लागि भएको बताएका छन् । 

कार्यकर्ता भेलामा उनले भने, “मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइन । त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।”
        
 प्रभु साहले मधेसमा एमाले र जसपाबीचको तालमेलप्रति आपत्ति जनाउँदै जसपाले उम्मेदवारी दिएका सबै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

उनले जनताका लागि केही गर्न सक्ने संसद् आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रबाट मात्र हुनसक्ने दाबीसमेत गरे । पूर्वमन्त्रीसमेत रहेका साहले स्वतन्त्र उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई अपवित्र गठबन्धन विरुद्धसमेत रहेको जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ