arrow

राजेन्द्र बजगाईले गरे बाटोमै अलपत्र सिकिस्त घलेको हेलिकोप्टरबाट उद्दार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
rajendra-bajgai-help-patient-2079-07-15.jpg

गोरखा । नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र बजगाईले एक सिकिस्त बिरामीको उद्दार गरेका छन् । उनले उत्तरी गोरखाको उहियाबाट एक जना सिकिस्त बिरामीको हेलिकोप्टरमार्फत उद्दार गरेका हुन् । 

सोमबारदेखि अकस्मात रुपमा नाक र मुखबाट निरन्तर रगत बगिरहने समस्याबाट पीडित बनेका धार्चे ३ उहियाका ६३ वर्षीय पूर्णबहादुर घलेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।

सोमबार दिउँसोबाट बिरामी परेका उनलाई राति नै आफन्त र छिमेकीले डोकोमा बोकेर उपचारका लागि गोरखा सदरमुकाम ल्याउने प्रयास गरेका थिए । तर खोर्लाबेशी आइपुग्दा उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि राजेन्द्र बजगाईको समन्वयमा हेलिकोप्टर मार्फत मंगलबार दिउँसो उनको उद्दार गरी काठमाडौं लगिएको बिरामीका आफन्त श्रीलाल गुरुङले जानकारी दिए । 

‘हामीले रातभर डोकोमा बोकेर ल्याउँदा झनै समस्या बढ्दै गयो, खोर्लाबेशी आएपछि काठमाडौंमा सम्पर्क गरेर हेलिकोप्टर खोज्दा कहीँ भेटिएन’ आफन्त गुरुङले भने ‘कताबाट राजेन्द्र बजगाई सरले थाहा पाउनुभएछ, उहाँले नै हेलिकोप्टर पठाइदिएर बिरामीलाई काठमाडौं पठाउन सफल भयौं ।’

पर्यटन ब्यवसायीसमेत रहेका उनले यसअघिसमेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकोप्टरमार्फत उद्दार र सहयोग गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ