arrow

निष्पक्ष निर्वाचन बनाउन सबैले आचारसंहिता पालना गरौँ – आयुक्त डा तुलाधर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
janaka-tuladhar.jpg

काठमाडौं । निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेकी छिन् । आचारसंहिता उल्लघङ्न गर्ने उम्मेदवारको उम्मेदवारीसमेत खारेजी हुन सक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन् । 

राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रीत रहेको बताइन् । 

डा तुलाधारले भनिन्, “पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।” सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताइन् । 

“सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो”, उनले भनिन्, “मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।” आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताइन् । 

मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ