arrow

 'ब्रेन ड्रेन' को समस्या समाधान गर्ने प्रदीप पौडेलको बाचा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
pradip-poudel-2079-07-15.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

चुनाव प्रचार प्रसारको क्रममा मतदाताहरुले ‘ब्रेन ड्रेन’ को समस्याको सवाल उठाएपछि नेता पौडेलले आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मंगलबार घरदैलो अभियानका क्रममा नेता पौडेलले नेपालको मुख्य समस्या ब्रेन ड्रने रहेको र आफूले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

‘मैले यसअघि नै बीसीडी मोडलमा ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।’ उनले भने,  ‘त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।’ 

त्यसैगरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको सुनिश्चितता कायम गर्ने पौडेलले बताए । 

‘वैदेशिक रोजगारीलाई कतिपयले समस्याको रुपमा हेरेका छन्, तर त्यो हाम्रा युवायुवतीहरुको बाध्यता हो । देशमै केही गरेर रोजगारी दिने कुरामा म सधैँ प्रतिबद्ध छु’ नेता पौडेलले भने । 

नेता पौडेल मंगलबार काठमाडौं महानगरपालिका वडा नं २ अन्तर्गत गैह्रीधारा लगायतका क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ