arrow

डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
Sher-Bahadur-Deuba-1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् । 

मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । 

गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन । प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरामा हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउने छन् ।

यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यस यता भने उनी गृहजिल्ला पुगेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ