arrow

चीन भ्रमणमा लागे पाक प्रधानमन्त्री शरिफ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
pakistan-shehbaz-sharifasd-pm.jfif
तस्बिर – फाइल ।

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण शुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले  चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्न जाँदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि शरिफ चीन पुगेका हुन् ।   चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा शरिफले भ्रमण गरेका हुन् । शरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन् । 

 भ्रमणका क्रममा शरिफले  ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडरलगायतका विषयमा छलफल गर्नेछन् । 



नयाँ