arrow

चुनावको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालयको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
dinesh-kumar-thapaliya-chief-election-commission1.jpg


काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ । 

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको जानकारी दिए । 

तर यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ