arrow

यस्तो आयो रवि लामिछानेको पार्टीको घोषणापत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg

काठमाडौं  । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारिएको छ । 

राजधानीमा बिहीबार मंसिर ४ गतेका लागि सार्वजनिक गरिएको पार्टीको घोषणापत्रलाई ‘वाचापत्र’ भन्दै रास्वपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव ल्याएको हो । त्यस्ते राष्ट्रपति गैरराजनीतिकर्मी हुनुपर्नेमा पनि रास्वपाले जोड दिएको छ । 

वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारिएको हो । राष्ट्रपति हुन राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने एजेन्डा बनाइएको हो । 

त्यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेन्डामा छ । पार्टी अध्यक्ष लामिछानेले उक्त वाचापत्र सार्वजनिक गरेका हुन् । 

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ । 

वाचापत्रमा २३ वटा वाचा गरिएको छ । घोषणापत्रमा ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’ को व्यवस्थासहित निर्वाचन प्रक्रियामा सुधार खोजिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ