arrow

पूर्व सांसदलाई १४८ वर्ष जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
rule-of-law.jpg

यांगुन । सेनाद्वारा शासित म्यानमारमा एक अदालतले अपदस्थ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका पूर्व सांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ । 

५२ वर्षीय विन मिन्ट ह्लाइङलाई उक्त सजाय सुनाएको हो । आतंकवादको आरोपमा दोषी ठहरिएपछि विन मिन्ट ह्लिङलाई सोमबार सुनाइएको यो सजाय सेनाले फेब्रुवरी २०२१ मा सत्ता कब्जा गरेपछि आङ सान सुकीको सरकार र एनएलडी पार्टीका कुनै पनि सदस्यलाई दिइएको सबैभन्दा लामो जेल सजाय हो । 

सोमबार म्याग्वे जिल्लाको अदालतले व्यापारिक राजधानी यांगुनबाट करिब ४८०  किलोमिटर  उत्तरमा अवस्थित विन मिन्ट ह्लिङलाई आतंकवाद विरोधी ऐन अन्तर्गत आठ अपराधमा दोषी ठहर गर्दै १४८ वर्षको सजाय सुनाएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ