arrow

संवैधानिक परिषद् खारेज गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
rastriya-swatantra-party-2079-07-17.jpg

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद् खारेज गर्ने वाचा गरेको छ । आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले संवैधानिक परिषद् खारेज गर्ने बताएको हो ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले भनेको छ, ‘संवैधानिक परिषद् खारेज । राष्ट्रिय सभाको बहुमतले सिफारिस गरेको व्यक्तिहरुबाट प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायमा नियुक्ति गर्ने ।’ 

उक्त वाचापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने शासकीय स्वरुपलाई अंगीकार गरेको छ । ‘जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने,’ वाचापत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने र राष्ट्रिय सभा अध्यक्ष पदेन उपराष्ट्रपति हुने सो पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने उल्लेख छ । कुनै पनि राजनीतिक दलमा नलागेको र राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रस्ताव गरिएको छ । 

त्यस्तै आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले गरिब नागरिकका लागि रासन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ । सो पार्टीले उल्लेख गरेको छ, ‘गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पु-याउन ‘रासन कार्ड’ को व्यवस्था गरिनेछ । न्यून आय भएका परिवारलाई सहयोग पुर्याउन सरकारद्वारा हरेक वडामा खाद्य केन्द्रहरु सञ्चालन गरिनेछ ।’ 

घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारिएको छ । रास्वपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव ल्याएको हो । त्यस्तै राष्ट्रपति गैरराजनीतिकर्मी हुनुपर्नेमा पनि रास्वपाले जोड दिएको छ । 

वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारिएको हो । राष्ट्रपति हुन राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने एजेन्डा बनाइएको हो । 

त्यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेन्डामा छ । पार्टी अध्यक्ष लामिछानेले उक्त वाचापत्र सार्वजनिक गरेका हुन् । 

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ । 

वाचापत्रमा २३ वटा वाचा गरिएको छ । घोषणापत्रमा ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’ को व्यवस्थासहित निर्वाचन प्रक्रियामा सुधार खोजिएको छ । 

पूर्णपाठ यो लिंकमा गएर पढ्न सकिने छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ