arrow

मतदातासँग प्रदीप पौडेलले भने – ‘तपाईको समस्या सदनमा निर्भिक भएर बोल्नेछु’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
pradip-poudel-2079-07-17.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले संसदमा आफूले जनताको आवाज निर्भिक भएर बोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बिहीबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत वडा नं ५ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् । ‘संसदमा निर्भिक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसदमा तपाईँका समस्याहरु निर्भिक भएर बोल्नेछौँ’ नेता पौडेलले भने । 

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ को समग्र विकासको खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्नेसमेत बताए । ‘काठमाडौं क्षेत्र नं ५ हेरेपछि सबै देश देखिन्छ ।’ उनले भने, ‘यहाँ भएका मुख्य प्रशासनिक भवनदेखि कला कौशलका कारण पनि सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व हुन्छ ।’ 

त्यसैगरी काठमाडौं ५ को मात्र नभइ काठमाडौंमा रहेका विद्यालयहरुलाई बुढानीलकण्ठस्तरको बनाइने प्रतिबद्धता व्यक्त गरे । राज्यबाट स्रोत नपाएमा आन्तरिक स्रोत साधनको परिचालन गरेर भए पनि सबै शिक्षालयहरुको गुणस्तर बनाउनेमा जोड दिए । 

‘यहाँका सबै शिक्षालयहरुलाई बुढानीलकण्ठस्तरको बनाउन सकिन्छ ।’ उनले भने, ‘राज्यले स्रोत नदिएमा आन्तरिक स्रोत साधनबाट भए पनि काठमाडौं क्षेत्र नं ५ मा रहेका सबै शिक्षालयहरुलाई बुढानीलकण्ठस्तरको बनाउन पहल गर्नुपर्छ ।’  

त्यसैगरी देशमा भएको बौद्धिक पलायनको कारण मुलुक निर्माण हुन नसक्ने बताए । त्यस्तै बौद्धिक वर्ग पलायन गरी अन्य सामग्री आयात भइरहेकोबारे टिप्पणी गर्दै उनले भने, ‘ब्रेन ड्रेनको समस्या छ । एउटा देश जो बौद्धिक नागरिकहरुलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ ? सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन ।’  

यसअघिका निर्वाचनमा कांग्रेसबाट जित हासिल गरेका कांग्रेस नेता नरहरी आचार्यको प्रशंसा गर्दै नेता पौडेलले आफू सोही मार्गबाट विकासको काम अघि बढाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ