arrow

मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा – विनोद चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
binod-chaudhary-2079-07-17a.jpg

नवलपरासी । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनीतिमा मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा रहेको बताएका छन् । नेपाल मुस्लिम संघले नवलपरासीको जिमिरेभारमा आयोजना गरेको मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले मुस्लिम समुदायका बारेमा बताएका हुन् । 

पश्चिम नवपरासी निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरीले मुस्लिम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने समुदाय रहेकोसमेत जिकीर गरे । 

उनले मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पूर्ण साथ रहेकोसमेत बताए । निर्वाचन केन्द्रीत विषय बस्तुहरुलाई प्रकाश पार्दै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या, उखु किसानको समस्या र उत्पादित केराको बजारीकरणबारे देखिएको समस्या समाधान गर्न समेत आफूले प्राथमिकताका साथ भूमिका खेल्ने बताए । 

जनताको आय स्तर वृद्धि हुनुपर्नेमा जोड दिँदै नेता चौधरीले समग्र रुपमा मुस्लिम समुदायको शैक्षिक स्तर वृद्धि, विश्वविद्यालय स्थापना, लगायतका विषयमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ