arrow

दाङ ३ मा गठबन्धनको प्रतिबद्धता : मेडिकल कलेज स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
deepak-giri.JPG

दाङ । पाँच दलीय संयुक्त गठबन्धन दाङ क्षेत्र नं.३ ले  साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक गिरी, प्रदेश क्षेत्र (१) का उम्मेदवार डिल्ली चौधरी र (२) का उम्मेदवार धनबहादुर मास्की (राजेश) ले संयुक्त रुपमा सो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतामा पश्चिम क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने, सबै विद्यालयलाई टिनका छाना मुक्त बनाइ पक्की भवन बनाउने, महेन्द्र माविलाई मेघा विद्यालयका रुपमा स्थापना गर्ने, मावि श्रीगाउँ र हंसपुरलाई पनि त्यहीँ अनुसार विकास गर्ने, राप्ती बबई क्याम्पसलाई आधुनिक क्याम्पसका रुपमा विकास गर्ने, सामुदायिक विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्र बनाउने, प्रत्येक गाउँपालिका तथा उपमहानगरपालिकामा एउटा प्राविधिक शिक्षालय खोल्ने उल्लेख गरिएको छ । 

स्वउद्यम गर्न चहाने युवालाई उद्यमको रुपमा अनुदान, बबई लिफ्टिङ, कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना, हरेक वडामा कृषि तथा पशु सेवा इकाई स्थापना गर्नुका साथै पशु हस्पिटल सञ्चालन गर्ने र युवालाई स्वरोजगार बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । टरिगाउँ एयरपोर्टमा एटीआर-७२ विमानको उडान भर्न सक्ने क्षमताको बनाउने, पर्यटन गाईड, पर्यटन बस, घोडचढी तथा पदयात्रा सेवा विस्तार, पर्यटकीयस्थलमा पुग्न साईकल सर्किट घोषणा, आकाशे पानी सङ्कलन, तुलसीपुर-हापुरे सडकलाई चारलेन, गहते-बाघमारे-घट्टेकुला सडकलाई दुई लेन बनाउने तथा दलित, विपन्न, मुक्तकमैया, कम्लहरी, मुस्लिम विद्यार्थीलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । 

दाङ क्षेत्र नं. ३ का उम्मेदवार गिरीले मुलुकको मुहार बदल्न विभिन्न आन्दोलनसँगै गरेको भन्दै अब विकास पनि गठबन्धन दलले सँगै गर्ने भएकाले साझा घोषणापत्र बनाएको बताउनुभयो । उनले दाङलाई माथि उठाउनका लागि प्रतिबद्धतापत्र तयार गरेको भन्दै त्यहीँअनुसार काम गर्ने बताए । 

दाङ क्षेत्र नं.३ (२) का उम्मेदवार धनबहादुर मास्कीले पश्चिम दाङको विकासका लागि एकताबद्ध भएर लाग्ने बताए । “यसअघि व्यवस्था बदल्नका लागि हामी एकताबद्ध भएका थियौँ, अब अवस्था बदल्नका लागि एक जुट भएका छौँ”, उनले भने । त्यस्तै क्षेत्र नं.३(१)का उम्मेदवार चौधरीले आफूले झुटको खेति नगर्ने र प्रतिबद्धतापत्रअनुसार काम गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ