arrow

मधेस प्रदेश सरकारका सवारीसाधन नियन्त्रणमा लिन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीको सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिएको छ । 

आयोगले  धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापति एवं सरकारी सवारीसाधन प्रयोग गरेकाहरु मध्ये कसैले पदबाट हटेपश्चात सरकारी सवारीसाधन नबुझाइ लगेको वा सरकारी पदमा रहँदा आफूलाई प्राप्त सवारीसाधनको नम्बर प्लेट परिवर्तन गरेको भेटिएमा नियन्त्रणमा लिन निर्देशन दिएको हो । 

साथै पदमा रहेका उल्लेखित मध्येका कुनै पनि सरकारी पदाधिकारीले सरकारी नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेको पाइएमा त्यस्तो सवारीसाधन तत्काल नियन्त्रणमा लिइ कानूनबमोजिम कारवाही गर्न निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ