arrow

राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट शुरु गर्दै केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
KP-Oli-RSS.jpg

दार्चुला । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

 आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छन् । 

बिहान ११ बजे उनले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए । कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुगेका छन् ।

अध्यक्ष ओली खलङ्गामा हुने कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा आउने कार्यक्रम छ । उनले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ ।

 यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ