arrow

स्कोल्जले सीलाई भेटे, व्यापार प्रमुख मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
German Chancellor Olaf Scholz.jpg

काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्जले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् । स्कोल्ज तीन वर्षयता ग्रुप अफ सेभेन (जी-७) राष्ट्रका नेताको रुपमा चीन भ्रमण गर्नेमा पहिलो बनेका छन् ।

शुक्रबार चीनमा उच्च स्तरीय व्यापार प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङसँग आर्थिक सम्बन्ध बढाउनमा जर्मन नेताको ध्यान केन्द्रित भएको छ । राष्ट्रपति सीको नेतृत्वमा बढ्दो अधिनायकवादी राष्ट्रसँग सम्झौता गर्ने उनको स्पष्ट योजना भएको भन्दै एकथरीले आलोचना समेत गर्न थालेका छन् ।

चीनमा जर्मन उद्योगको भारी निर्भरताले पनि नयाँ छानबिनको सामना गरेको छ । उता रूसी उर्जा आयातमा अत्यधिक निर्भरता रहेको बर्लिन युक्रेनयुद्धपछि मास्कोमाथि लगाइएका प्रतिबन्धको उल्टो झड्का उर्जा अभावको सामनासमेत गरिरहेको छ ।

स्कोल्जको बेइजिङको आगमन २०१९ मा कोभिड-१९को महामारी शुरु भएदेखि जी-७ क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका नेताहरूमध्येको पहिलो भ्रमण हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ