arrow

देव भर्सेस पृथ्वी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
dev-gurung-prithvi-subba-gurung.jpg

लमजुङ । लमजुङमा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।

 २०७४ सालमा लमजुङ प्रदेश सभा ‘ख’बाट लडेका पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । उनी फेरि प्रदेशमै लड्न चाहन्थे । तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई प्रतिनिधिसभाको टिकट थमाए । 

२०४८ सालयता देव चौथोपटक संसदीय चुनाव लड्न लागेका हुन् । २०४८ सालमा उनी संयुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए । २०६४ सालको चुनावमा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जितेका थिए । 

उनले त्यतिबेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । त्यसपछि देव २०७४ सालमा एमाले माओवादी वाम गठबन्धनबाट लमजुङबाट प्रतिनिधिसभा सदस्य विजयी भए । अघिल्लोपटक देव गठबन्धनबाट संघमा लड्दा प्रदेश सभा लडेका पृथ्वीसुब्बा यसपटक उनैसँगै प्रतिस्पर्धामा छन् । 

पृथ्वीसुब्बा सातौँपटक संसदीय चुनाव लड्न लागेका हुन् । यसअघि ६ पटक चुनाव लड्दा उनले दुईपटक मात्र जितेका छन् । २०४८, २०५१, २०५६ सालको चुनाव हारेका पृथ्वीसुब्बा २०६४ सालमा पहिलो संविधान सभा सदस्य चुनावमा विजयी भएका थिए । 

२०७० सालको संविधान सभा सदस्य चुनावमा भने पराजित भए । २०७४ सालको चुनावमा प्रदेश सांसद विजयी भएर उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । 

अहिले गठबन्धनको साथ पाएका देव र एमालेबाट उम्मेदवार बनेका पृथ्वीसुब्बाबीच कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ