arrow

चुनावका बेलामा यस्तो हुनेछ आजको राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ कात्तिक १९ गते शनिबार, इस्वीसंवत नभेम्वर ५ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको द्वादशी तिथि रहनेछ ।

नक्षत्रमा उत्तरभाद्रपदा, विष्कुम्भादि योगमा हर्षण, करणमा बब, आनन्दादि योगमा धूम्र रहनेछ । सूर्य तुला राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । दिनमान २७ घटि २४ पला अर्थात ११ घण्टा १५ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः१८ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१५ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ । मेष राशि भएका व्यक्तिहरुका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

वृष : आज पनि समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रहबाधा कम हुनेछ ।

मिथुन : आज पनि समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । समय केही शुभ भएता पनि उत्तर दिशाको यात्रा नगर्नुहोला । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रतिकूल अर्थात कठिन समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट : आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएका व्यक्तिहरूले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधवार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि हुने र मनोकांक्षा पनि पूरा हुनेछ ।

सिंह : आज पनि समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएका व्यक्तिहरूले बंगलामुखी देवीको पूजा, शनिबार पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा गर्दा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा गर्नुहोला ।

कन्या : आज पनि समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउदा राम्रो हुनेछ । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । मंगलवार र शनिवार दुर्गा र हनुमान चालिसाको पाठ गर्ने, प्रत्येक बुधबार गाईलाई हरियो घाँस दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार-व्यवसायमा लाभ, प्रेमप्रसड्ड सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ । तपाइँले भगवती देवीको दर्शन र पूजा, बृहस्पतिको मन्त्रजप गर्नाले राम्रो हुनेछ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाइँले नीलो रंगको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ ।

वृश्चिक : आज स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबढी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको यात्रा नगर्नुहोला । आँखा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा र शनि ग्रहकै मन्त्र जप गर्दा लाभ मिल्नेछ । तपाइँले मन शान्त राख्नका लागि रातो रंगको कपडा लगाउदा राम्रो हुनेछ ।

धनु : आज समय अत्यन्तै खराब छ । आँफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला आज दिउसो ३ बजेपछि केही शुभ हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ गर्दा समय फलदायी बनाउन सक्नुहुनेछ । प्रत्येक शनिबार पीपलमा जल चढाउन सके शनिग्रह शान्त हुनेछन् । तपाइँले आफ्नो मन शान्त राख्नका लागि पहेंलो रंगको कपडा लगाउनुहोला । साथै गुरु अर्थात वृहस्पतिको मन्त्र जप गर्दा राम्रो हुनेछ ।

मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विषेश शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ । मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । तपाइँले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । तपाइँले आफ्नो मन शान्त राख्नका लागि कालो रंगको कपडा लगाउनुहोला ।

कुम्भ : आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाइँले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ । भोका व्यक्तिलाई भोजन र असाहाय व्यक्तिलाई वस्त्रदान गर्नाले तपाइँको भाग्यमा वृद्धि हुनेछ ।

मीन : आज आम्दानीका नयाँ-नयाँ श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम् कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ । समय उपयुक्त छन् उपयोग गर्नुहोला । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले हरेक दिन गणेशजी तथा विष्णु भगवानको पूजा गर्दा ग्रहपिडा कम हुनेछ । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साइत : आज सूर्य तुला, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

आजको शुभ लाभादि बेला

बिहान ०६ः१० बजेदेखि ०७ः३४ बजेसम्म काल बेला

बिहान ०७ः३४ बजेदेखि ०८ः५८ बजेसम्म शुभ बेला

बिहान ०८ः५८ बजेदेखि १०ः२३ बजेसम्म रोग बेला

बिहान १०ः२३ बजेदेखि ११ः४७ बजेसम्म उद्वेग बेला

दिनमा ११ः४७ बजेदेखि १ः११ बजेसम्म चर बेला दि

नमा १ः११ बजेदेखि २ः३६ बजेसम्म लाभ बेला

दिनमा २ः३६ बजेदेखि ४ः०० बजेसम्म अमृत बेला

साँझ ४ः०० बजेदेखि ५ः२५ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ