arrow

सबैको सद्भाव, माया र विश्वास निर्वाचन जित्ने आधार : किशोरदत्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
Kishor datta baral.jpg

पोखरा । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार किशोरदत्त बरालले मतदाताहरुले आफूप्रति गरेको व्यवहारले उत्साहित बनाएको बताएका छन् । मतदातासँग पहिलो चरणमा भेटघाट सकेका बरालले आफूलाई मतादाताले विश्वास र भरोसा गरेको दाबी गरे ।

‘उत्साहित छु, जनताको आवश्यकता अनुसारका नै काम गर्छु भनेको छु, उनले भने, ‘झुटो कुरा गर्दिन, जनताको चाहना पूरा गर्नु मेरो कर्तव्य हो, कर्तव्य पूरा गर्छु ।’

मतदातासँगको भेटघाटमा उनले शिक्षा, पर्यटन, कृषिसहित जलस्रोतलाई मुख्य प्राथमिकता दिने प्रतिवद्वता जनाए । सबैतिरबाट पाइरहेको सद्भाव, माया र विश्वास निर्वाचन जित्ने आधार भएको उनको भनाइ छ ।

उनले शुक्रबार मतदातासँग भेटघाट गर्नुको साथै ठूलो एकादशीको अवसरमा विभिन्न धार्मिकस्थल पुगेर भक्तजनसँगबाट आशीर्वाद लिएका छन् । 

पोखरामा विभिन्न स्थानमा निकालिएको फूलको डोलीसहितको धार्मिक र्यालीमा पनि सहभागी थिए । उम्मेद्बार बराल शनिबार र आइतबार रुपा गाउँपालिकासहित पोखरा-२८ तर्फ केन्द्रित रहने बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ