arrow

नीर शाहले प्रदीप पौडेलबारे दाबी गर्दै भने – भोलिको सुन्दर नेपालको परिकल्पनाकार हुन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
nir-shah-congress-bhela.jpg

काठमाडौं । वरिष्ठ कलाकार एवं नेपाल टेलिभिजनका योजनाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन् । 

काठमाडौं क्षेत्र नं ५ लोकतान्त्रिक वुद्धिजीवी तथा पेशाकर्मी समूहले गरेको बृहत कार्यक्रममार्फत पौडेललाई मत माग्दै शाहले सो कुरा बताएका हुन् । शाहले नेपालको वैचारिक राजनीति र भोलिको सुन्दर नेपालको परिकल्पनाकार पौडेल रहेकोसमेत बनाए ।

‘नेपालको गणतान्त्रिक आन्दोलनको बारेमा मैले धेरै भनिरहन परेन । उहाँ आन्दोलनको बिगुल फुक्ने अग्रणी व्यक्ति हुनुहुन्छ’, उनले भने, ‘यी याबतका कुरालाई केलाएर हेर्दा भोलिको नेपालको परिकल्पनाकार प्रदीप पौडेल हुन् ।’

नेपालको गणतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका रहेकोबारे स्मण गराउँदै अबको पौडेलको पुस्ताले काम गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी केपी ओली नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा टिप्पणीसमेत गरेका छन् । शाहले ओली नेतृत्वको सरकारको गलत कदमका कारण गठबन्धन गर्नु परेको प्रस्ट पारे ।

त्यसैगरी सो कार्यक्रममा अर्थशास्त्री डा. स्वर्णिम वाल्ले, स्वास्थ्यविज्ञ डा. सुधा त्रिपाठी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ