arrow

जसपाले ल्यायो १० प्रदेशको प्रस्ताव [घोषणापत्रको पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
jasapa-ghosana-patra.jpg

काठमाडौं । मधेस प्रदेशको नेतृत्व सम्हालेर पनि लगातार विवादमा आइरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले १० प्रदेशको प्रस्ताव ल्याएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नु पर्ने बताउँदै १० प्रदेशको प्रस्ताव ल्याएका हुन् । 

४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा उनले संविधान संशोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताएका हुन् । 

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए । 

 उनले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक  विकास र सम्मृद्धिको आन्दोलनमा जानु पर्ने उनले बताए । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताए ।

देशको बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ